अछाममा जातीय भेदभावविरुद्ध पहिलो पटक मुद्दा दर्ता

२५ कात्तिक |भीमदत्तनगर – अछाममा जातीय भेदभावविरुद्धको ऐन आएपछिको पहिलो मुद्दा दर्ता भएको छ ।
जिल्लाको मङ्गलसेन नगरपालिका–६ का बिर्ख विकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातीय छुवाछूतविरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभावविरुद्धको मुद्दा पहिलो पटक दर्ता भएको जानकारी दिए । यद्यपि दोषी अझै पक्राउ नपरेको उहाँले बताउनुभयो । पीडित विकका अनुसार आफूलाई भण्डारीले परम्परागत रुपमा आफ्नो घरको काम गर्नुपर्ने भन्दै दबाब दिँदै आएका थिए ।
बाजेको पालादेखि गर्दै आएको आरन व्यवसाय गर्नुपर्ने, काठ दाउरालगायत घरको काम गर्नुपर्ने भन्दै भण्डारीले निरन्तर दबाब दिने गरेकाले अन्याय सहन नसकी विकले प्रहरीमा ऐन आएपछि उजुरी दिएका हुन् ।

 -रासस

avatar
AUTOR: FIAN MT
I'm just a beginner blogger who tried to learn things related to coding which always appears in front of the eye

0 Comments

Blog Archive

Blogger templates