
बिजया दशमी “दशैं”को अबसर परेर फुलपातिको दिन लम्जुङ् जिल्लाको राईनास नगरपालिका कुसुन्दे तिनपिप्लेका स्थानीय बासिन्दाले लोक दोहोरि गायक राजू परियारलाई नागरिक अभिनन्दन तथा सम्मान गरेका छन ।
स्थानीय अकाल यूबा क्लबको आयोजनामा स्थानीय दलित समुदायका अगुवा, दलित एकता संजालका अभियंताहरुको उपस्थितिमा बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान सहित उनलाई लोक दोहोरि क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मायाको चिनो स्वरुप लोक दोहोरि गीत कै एउटा अभिन्न अंग “सारंगी” उपहार प्रधान गरिएको संजाल अभियान्ता राजेन्द्र सिर्मलले जानकारी दिएका छन | उक्त सारंगी सिर्मलले नै सहयोग गरेका थिए |
गायक राजू परियारले आफ्नो जिवनमा यो मायाको चिनो अहिले सम्म कै उत्कृष्ठ र सम्मान जनक रहेको र आफुलाई सारंगी अति मन पर्ने भएकाले यो उपहार पाउदा आफु खुसी भएको बताएका थिए |
कार्यक्रममा राजू परियारले बिभिन्न किसिमका लोक भाका गाएर उपस्थित दर्शकहरुलाई बड़ा दशैंको आनन्द दिएका थिए उनले दशैंका सन्देश मूलक गीत, पाखा पखेरीमा गाउने माया प्रीतिका गीत, समाजमा देखिएको सामाजिक अपराध जातीय बिभेदका बिरुद्ध सामाजिक अभीयानका मार्मिक गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए | उनका साथमा आधुनिक गायक तथा संगीतकार रमेश कादरिया, गायक सोम बाबू परियार, गायिका बिष्णु परियार तथा गायक प्रशान्त तामांग लगायतका स्थानीय कलाकारहरुले आफ्नो पस्तुतिहरु पस्केका थिए ।
अकाल यूबा क्लबका अध्यक्ष सुमन ढकालको सभापतित्वमा संपन्न कार्यक्रममा लम्जुङ् उधोग बाणिज्य महासंगका अध्यक्ष रामकुमार श्रेस्ठको प्रमुख आतिथ्य रहेको थियो | कार्यक्रममा स्थानीय बिभिन्न राजनीती पार्टीका प्रतिनिधी, समाजसेबी, बुद्दीजीबी, पत्रकारहरुको सहित छिमेकी जिल्ला गोरखा लगायतका दर्शकहरुको बाक्लो उपस्थिति थियो ।
himalnepal.com
0 Comments