बीबीसी मिडिया एक्सनको साप्ताहिक बहस कार्यक्रम साझा सवालमा सहभागी हुन सिरहा पुगेका महानायक राजेश हमाल गाउँले कुटाई खानबाट बचेका छन् ।
शनिबार सिराहाको धनगढी गाविस ३ नयनपूरमा महानायक हमाल स्थानीय डोम परिवारका युवक दिपक मलिकसँग गाउँको इनारमा पानी भर्न जाँदा सारा गाउँले उल्टेर अवरोध तथा आक्रोश पोखेका बेला कुटिनबाट बचेका हुन् ।
नायक राजेश हमालको साथमा हिड्दै दीपक जब इनारतर्फ खानेपानी भर्न लागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । गाउँका केही आफूलाई उपल्लो जातीको बताउनेहरु भने अगाडि उभिएका थिए ।
हमालले उनीहरुलाई इनारबाट पानी भर्न दिदा के हुन्छ भनेर प्रश्न गर्दा पुर्खादेखि डोमलाई ईनार छुन नदिएकाले अब पनि नदिने जवाफ पाएका थिए । त्यस्तो समयमा गाउँलेहरु आक्रोशसँगै कुट्न पनि तयार थिए । तर हमालले माथिल्लो जातका मानिसलाई पानी भरिदिन आग्रह गर्दै स्थिती सामान्य पार्न खोजे । यदि हमालले जबरजस्ती पानी भर्न लगाएको भए राजेश कुटिन्थे ।
महानायक राजेश हमालको फेसबुक स्ट्याटस् र तस्वीर ।
गाउँलेहरुको यस्तो व्यवहारपछि निराश हुँदै राजेश हमालले जीवनमा पहिलो पटक एक नेपालीले अर्काे नेपालीको बेइज्जत गरेको प्रत्यक्षदर्शी बन्दा ‘लज्जित’ बनाएको बताए ।
हमालले नेपालभित्र नै यस्तो अवस्था देख्दा आफूलाई नेपाली हुनुमा ‘लज्जास्पद’ महशुश भएको फेसबुकमार्फत बताएका हुन् । उनले लेखेका छन्-‘जीवनमा पहिलोपटक नेपाली हुनुमा लज्जास्पद महसुस भयो ।’
साँझा सवाल कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरी, एमाओवादीका नेता लेखक आहुति र नायक हमाललाई सिरहा बोलाइएको थियो ।

0 Comments