जहाँ महिलाले नै खेत जोत्छन्, बाउसो खन्छन् र दाई समेत हाल्छन्



म्याग्दी , २६ कात्तिक । पछिल्लो समय मुलुकमा युवा पलायनको असर चौतर्फी देखिन थालेको छ । युवा तथा पुरुषहरु विदेशमा जाने क्रम बढेसँगै दाइँ परालमा पनि महिलाहरु नै सक्रिय रुपमा देखिन थालेका छन् । जस्को पछिल्लो उदाहरण म्याग्दीमा देखिएको छ ।
म्याग्दीका ग्रामीण क्षेत्रहरुमा यतिबेला धान परालको चटारो छ । गाउँका युवाहरु वैदेशिक रोजगारीमा गएपछि गाउँहरु युवा विहीन भएपछि दाइँ परालजस्तो झन्झटिलो र शारिरीक श्रममा गर्नुपर्ने काममा समेत महिला नै खटिनु पर्ने वाध्यता रहेको छ । यि महिलाहरुले आफैँले रोपेको धान आँफैले दाई गरेर थन्काउने तरखरमा छन् ।

-रासस

avatar
AUTOR: FIAN MT
I'm just a beginner blogger who tried to learn things related to coding which always appears in front of the eye

0 Comments

Blog Archive

Blogger templates