
गैरकानुनी (इलीगल) रुपमा कुवैतमा बिबाह गरी बसोबास गर्दै आएकी सुनसरिकी कमला आचार्यकी ७ महीने छोरी माया बीसीले धर्मपुत्रीका रुपमा लिएकी छिन | भने छोरी दिए लगत्तई कमला पनी नेपाल फर्कन जेलमा गएकी छिन |
दाङ धनौरी- ६ घर भई हाल कुवैतको मंगाफमा रहदै आएकी माया बिसीले ७ महीने दुधे बालिकालाई धर्मपुत्रीका रुपमा पाल्ने भनी आज उनकै निबास हसबियामा पुगी लिएकी हुन | एम्नेष्टि नखुले सम्म आफ्नो साथमा राखेर लालनपालन र शिक्षादीक्षा दिएर पाल्ने सम्म बताएकी छिन |
४ बर्ष पहिले कुवैतको माया प्रेम सगै विराटनगरका झरारी राज बंशीसग बस्दै आएकी कमला ५ बर्ष पहीले घरेलु कामदारका रुपमा कुवैत आएकी हुन ऊनि १ बर्ष बित्न नपाउदै घरबाट भागेकी थिइन |
करिब १ महिना पहिला झरारी राज बंशीलाइ कुवैती पुलिसले समातेपछि ऊनि सगै ७ महीने छोरीको भबिष्य अन्योलमा परेको थियो | फोन मार्फत परिचय भई सगै बस्न थालेका कमला र झरारिको कोखबाट छोरीको जन्म भएको थियो बाबूआमा दुवै इलीगल भएपछि छोरी पनी इलीगल हुन पुगिन छोरी सहित पटक-पटक प्रहरीमा जाँदा आमा पठाउन सकिएपनी छोरीलाइ पठाऊन नसकिने प्रहरीले बतायो | त्यसपछि ती ७ महीने अबोध बालिका कसैलाई दिएर नेपाल जाने सोचका साथ सहयोगको आशा बोक्दै नेपाली दुताबास सम्म पुगिन कमला, बिभिन्न संचारमाध्यमले उनको बारेमा समाचार प्रकाशित गरेपछि कमलाले छोरी लिने मान्छे भेटिन भने ऊनि आज नै कुवैती जेलमा पुगेकी छिन |
माया बीसीले बालिकालाई कुनै कुरामा कमी हुन नदिने बताएकी छिन पहिले नेपालमा पनी उनले एक सहारा बिहीन बच्चालाई घरमा ल्याई पालनपोषण गरी हुर्काएको र अहिले छोरो १८ बर्ष भएको बताएकी छिन | माया दलित एकता संजाल कुवैतकी सक्रीय महिला सदस्य तथा समाजसेवी हुन उनले कमलालाइ केही आर्थिक सहयोग सम्म गरेकी छिन |
himalnepal.com
0 Comments