देवचन्द्र भट्ट |
२०७२ आस्विन २६ मंगलवार .नुवाकोट : नुवाकोटमा ब्राह्मण, दलित र आदीवासी जनजाति समुदायले एकै स्थानमा बडादसैंको सामूहिक जमरा राखेका छन् । बेलकोट गाविस–३ मा रहेको निरञ्जना भगवती मन्दिरमा सामूहिक जमरा राखिएको हो ।
साइत हेरेर मंगलबार बिहान ११ वजेर २५ मिनेटमा स्थानीयबासीले सामूहिक जमरा राखेका हुन् ।
सदरमुकाम विदुरदेखि २४ किलोमिटर पुर्वको धार्मिक तथा ऐतिहासिक बेलकोट गढीको निरञ्जना भगवती मन्दिरमा सबै समुदायका नागरिकले सामूहिक जमरा राखेका हुन् ।
नेपालकै केही ठाउँमा दलित र ब्राह्मणको पानी नचल्ने कुसंस्कार रहेपनि बेलकोट गाविसमा बाहुन, आदिवासी जनजाति र दलितले सामूहिक जमरा राखी नमुना काम गरेको सो गाविसका निवर्तमान अध्यक्ष वासुदेव कटुवाल बताउँछन् । नुवाकोटको नौ कोटमध्ये महत्वपुर्ण बेलकोटको निरञ्जना भगवतिको मन्दिरमा ब्राह्मण, क्षेत्री, मिजार, विश्वकर्मा, रानामगर, मानन्धर र तामाङले सामूहिक जमरा राखेर जातीय छुवाछुतविरुद्ध गतिलो सन्देश दिएको मन्दिरका द्वारे श्यामप्रसाद तिवारीले बताए ।
उनका अनुसार मंगलबार स्थानीय सबै समुदायका सयौं घरपरिवारले पञ्चेबाजा बजाउँदै वैद्धिक विधिअनुसार सामूहिक रुपमा जमरा राखेका हुन् ।
यस वर्ष मन्दिरमा एक सय २२ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोट गढीमा रहेको निरञ्जना भगवती मन्दिरमा जम्मा भई दलितदेखि अन्य परिवारका सयौं परिवारको समूहिक जमरा राखिएको स्थानीय शिक्षक जीवराज कणेलले बताए ।
annapurnapost.com
AUTOR: FIAN MT
I'm just a beginner blogger who tried to learn things related to coding which always appears in front of the eye
0 Comments